क्रियटिभ खबर, १७ असार २०८३, — काठमाडौं, मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ। विभागले तराई र पहाडी जिल्लाहरूमा बाढी, पहिरो तथा डुबानको जोखिम बढेको भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन सूचित गरेको छ।यसैबीच, मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयहरूले बेँसीसहर-चामे सडकखण्ड लगायतका विभिन्न जोखिमपूर्ण सडकहरूमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएका छन्। सरकारले विपद् व्यवस्थापनका लागि तीनवटै सुरक्षा निकाय र स्थानीय प्रशासनलाई हाई अलर्टमा रहन निर्देशन दिएको छ।लामो समयको प्रतीक्षापछि देशभर वर्षा सुरु भएपछि कृषकहरू भने धान रोपाइँका लागि उत्साहित भएका छन्।


