प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा

क्रियटिभ खबर, ०७ असार २०८३, काठमाडौँ — नेपालमा यस वर्षको प्रि-मनसुन सिजनमा विगत ४५ वर्षयताकै सबैभन्दा धेरै पानी परेको छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार, सामान्यतया प्रि-मनसुनमा नेपालमा औसत २२६.३ मिलिमिटर वर्षा हुने गर्दछ । तर, यस वर्ष औसतको १४५.५ प्रतिशत अर्थात् ३३९.७ मिलिमिटर पानी परेको छ ।
विभागले सन् १९८१ देखि देशभरका १२६ वटा वर्षा मापन केन्द्रहरूको तथ्याङ्कलाई आधार मानेर प्रि-मनसुनको विश्लेषण गर्दै आएको छ । यसअघि सन् १९९० मा प्रि-मनसुनको समयमा औसतभन्दा निकै माथि पानी परेको रेकर्ड थियो । यस वर्षको अभूतपूर्व वर्षाले सन् १९९० को उक्त ऐतिहासिक रेकर्डलाई समेत तोडिदिएको छ ।
विज्ञहरूका अनुसार जलवायु परिवर्तन र स्थानीय वायुको बढ्दो सक्रियताका कारण छोटो समयमा भारी वर्षा हुने क्रम बढेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले प्रि-मनसुनकै उच्च वर्षाका कारण जमिन गलिसकेकाले अब सुरु हुने मुख्य मनसुनमा बाढी र पहिरोको जोखिम झनै बढ्ने चेतावनी दिएको छ ।

spot_img

Latest articles

Featured

spot_img